कैलाली र कञ्चनपुरमा नदी कटान नियन्त्रण गर्न बजेट अभाव

वैशाख ९ धनगढी
कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१–८ का लागि कैलाली र कञ्चनपुरमा गरी २९ योजना मध्ये १५ वटा योजना कार्यान्वनको चरणमा गएका छन् भने १४ वटा योजनामा बजेट न्यून भएका कारण कार्यान्वयनको चरणमा जान सकेको छैन् ।
चालु आर्थिक वर्षमा झण्डै दुई सय योजनाको माग भइ आएकोमा प्रदेश सरकारले रातो किताबमा २९ वटा योजनाका लागि मात्र बजेट विनियोजन गरी पठाएको कार्यालयका सूचना अधिकारी गणेश त्रिपाठीले बताए ।

सुदूरपश्चिमका दुई तराईका जिल्लामा नदी कटान निणन्त्रणका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उहाँको भनाइ छ । कैलाली र कञ्चनपुरमा २९ वटा खोला, नदी कटान नियन्त्रणका लागि चालु आवमा कुल बजेट रु। दुई करोड ४२ लाख रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । ती योजना मध्ये १४ वटा प्रति योजनाका लागि रु पाँच लाख बजेट विनियोजन गरिएकोले न्यून बजेटका कारण कार्यान्वयनको चरणमा जान सक्ने अवस्था नरहेको रहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए ।

कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समिति मार्फत तटबन्धको काम गर्दै आएको जनाएको छ । १५ योजना सम्झौता भई सञ्चालनमा रहेका छन् भने बाँकी योजना न्यून बजेटका कारण कार्यान्वयन गर्न कठिन भएको जनाइएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं। १५ शिवगंगा, वडा नं। ६ सुकुटी खोला, वडा नमबर १३ झलारी खोलामा ३५ लाख बजेटमा तटबन्धको काम भइरहेको छ । कैलारी गाउँपालिकाको मोहना, कटैनी, घुराहा नदीमा रु। ३० लाख, भजनी नगरपालिकाको कान्द्रा, कापनरी नदीमा ३० लाख, घोडाघोडी नगरपालिकाको वडा नम्बर १ कान्द्रा नदीमा ५० लाख, गोदावरी नगरपालिका वडा नम्बर १ बास्कोटा, मछेली खोलामा १० लाख र लम्कीचुहा नगरपालिकाको रोडा खोलामा १० लाख तटबन्धको काम भइरहेको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १३, १६, १९, १८ मा २७ लाख र बेलकोट नगरपालिकाको वडा नम्बर १, २, ६ र ९ मा ६० लाखमा नदी तथा खोलामा तटबन्धको काम भइरहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिए ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनर्उत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको छ । तर चालु आर्थिक वर्षको बजेटमा नदी तथा खोलामा तटबन्धका लागि मात्र बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको । नदी कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सम्बोधन हुन नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply