हेमा भट्ट
धनगढी उपमहानगरपालिका स्थित शिव शक्ति सामुदायिक वनले गर्मी याममा बढ्दो तापक्रमका कारण वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना उच्च रहँदा, सामुदायिक वन उपभोक्ता समिति, धनगढी–११ ले डढेलो न्यूनीकरण तथा सचेतनामूलक अभियान सञ्चालन गरेको छ।
समितिका अध्यक्ष राम चरन रानाका अनुसार, वन क्षेत्रलाई सुरक्षित राख्न समिति तथा उपभोक्ताहरुको सहभागितामा ६ वटा टोल समूह गठन गरिएको छ। प्रत्येक दिन बिहानको समयमा एक टोल समूह खटिइ वन क्षेत्रमा डढेलोबाट जोगाउने कार्य गर्दै आइरहेका छन्। यस अभियानमा स्थानीय प्रहरी, छिमेकी सामुदायिक वन समिति तथा अन्य सरोकारवाला पक्षहरुको सहकार्य पनि उल्लेखनीय छ।
समितिले उपभोक्ताहरुलाई वनको संरक्षण, डढेलो न्यूनीकरण, र वातावरणीय दायित्वका विषयमा जानकारी दिनका लागि अनलाइन पत्रिका तथा अन्य सञ्चार माध्यममार्फत पनि सचेतनामूलक सामग्री प्रकाशित गरिरहेको छ।
अध्यक्ष रानाले सामुदायिक वन संरक्षणमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन्।



