सति घाट क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष प्रचण्डसहितको टोलीले कर्णालीमा र्याफ्टिङ

हेमा भट्ट
बर्दिया, वैशाख १५ — सति घाट आसपास क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्न र प्रवर्द्धन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले बर्दियाको राजापुर नगरपालिकातर्फ कर्णाली नदीमा र्याफ्टिङ गरेको छ।

यो कार्यक्रम “जनतासँग माओवादी तराई–मधेस जनजागर अभियान” अन्तर्गत बर्दिया जिल्लामा आयोजना गरिएको थियो। बर्दियाको कार्यक्रम सम्पन्न गरी टोली सुदूरपश्चिम प्रवेश गर्नुअघि स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजापुरमा र्याफ्टिङ कार्यक्रम राखिएको हो। राजापुर क्षेत्रका स्थानीय पार्टी समिति र कार्यकर्ताहरूको पहलमा आयोजित र्याफ्टिङमार्फत क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्ने प्रयास गरिएको छ।

र्याफ्टिङअघि आयोजना गरिएको संक्षिप्त कार्यक्रममा अध्यक्ष प्रचण्डले सति घाट क्षेत्र र कर्णाली नदीको महत्वमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “सति घाटको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यलाई प्रवर्द्धन गरेर यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि एक आकर्षक गन्तव्य बनाउन सकिन्छ।” साथै, उहाँले स्थानीय पर्यटनको विकासले आर्थिक समृद्धिमा पनि ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सति घाट क्षेत्र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ। यस क्षेत्रको विकास र प्रचार–प्रसारले मात्र स्थानीय रोजगारी सिर्जना होइन, समग्र प्रदेशको आर्थिक विकासमा समेत मद्दत पुग्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। र्याफ्टिङजस्तो साहसिक पर्यटन गतिविधिले कर्णाली नदीको सुन्दरता र सम्भावनालाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply