हेमा भट्ट
कैलाली – नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित “जनता संग माओवादी : तराई–मधेस जागरण अभियान” अन्तर्गत कैलाली जिल्ला समन्वय समितिको आयोजनामा धनगढीस्थित ओम प्यालेसमा “सुदूरपश्चिम प्रदेशको समग्र विकास, चिन्ता, चासो र सरोकार” विषयक कार्यक्रम सुरु भएको छ। उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेका छन् ।


अभियान अन्तर्गत कैलालीको टिकापुर, भजनी र कैलारीमा मुक्त कमैया तथा सहिद–बेपत्ता परिवारका घरमा पुगेर स्थानीय थारू परिकार सहितको भोजन गर्दै भुइँमा चटही बिछाएर सामूहिक सहभागितामा जागरण सभा आयोजना गरियो। सभामा प्रचण्डले जनताको पीडा र संघर्षसँग माओवादीको ऐक्यबद्धता दोहोर्याउँदै, सामाजिक न्याय र समावेशीताको मुद्दा अझै बलियो बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमपश्चात धनगढी उपमहानगरपालिकाको फुलबारीमा सहिद परिवारसँग भेटघाट गरिएको थियो। त्यसपछि किसान, मजदुर र पीडित समुदायका प्रतिनिधिहरूसँग गुनासो तथा मागबारे विस्तृत संवाद गरिएको थियो।




























