शोकमा साथ, संवेदनामा नेतृत्व: प्रचण्ड बेदकोट अध्यक्ष लाल परियारको घरमा

हेमा भट्ट
कञ्चनपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुर भ्रमणका क्रममा माओवादी केन्द्र बेदकोट नगर अध्यक्ष लाल परियारको घरमा पुगेका छन्। पितृशोकमा रहेका परियार र किरियापुत्री परिवारलाई भेट्दै प्रचण्डले गहिरो समवेदना प्रकट गरेका हुन्।

‘तराई–मधेश जनजागरण अभियान’ को समापन कार्यक्रमका लागि हुलाकी राजमार्ग हुँदै कञ्चनपुर आएका अध्यक्ष प्रचण्ड बुधबार दिउँसो बेदकोट नगरपालिका–८, सुकासैनस्थित परियार निवास पुगेका थिए।

परियार परिवारका प्रमुख सदस्य बिरसिंह परियारको केही दिनअघि निधन भएपछि लाल परियारसहित बीरबहादुर परियार, अनिल कुमार परियार र शिव कुमार परियार किरिया बसिरहेका छन्। शोकग्रस्त वातावरणमा प्रचण्डको उपस्थिति भावनात्मक मात्र नभई माओवादी नेतृत्वको कार्यकर्ताप्रतिको आत्मीय सम्बन्धको प्रतीकका रूपमा पनि बुझिएको छ।

प्रचण्डको यो भेटलाई पार्टीभित्र भावनात्मक एकता र नेतृत्वको संवेदनशीलता झल्किने एउटा सकारात्मक सन्देशका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply