रैकवा खबर
कञ्चनपुर – राजघाटको झोलङ्गे पुललाई ‘भाइरल पुल’ बनाउने लक्ष्यसहित युवा एकता क्लबले नयाँ अभियान सुरु गरेको छ। क्लबले पुलमा नेपाली झन्डाका तीन रंग—रातो, निलो र सेतो—प्रयोग गरी रंगरोगन गर्ने योजना अघि सारेको छ। यस पहलमार्फत पुललाई सौन्दर्यकरण गर्नुका साथै राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;
क्लबका अध्यक्ष इन्द्र देव बोहरा भन्छन्, “हाम्रो क्लबले सामाजिक कार्यहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ। बाटो सरसफाइदेखि लिएर अन्य विविध समस्यामा समेत हामी वडासँग, सामुदायिक वनसँग र स्थानीय बुद्धिजीवीहरू तथा देश–विदेशमा रहेका सहयोगी मन भएका व्यक्तिसँग समन्वय गर्दै आएका छौँ।”
राजनीतिबाट आफू पूर्णरूपमा अलग रहेको स्पष्ट गर्दै बोहराले भने, “म राजनीतिमा संलग्न छैन। केही व्यक्तिहरूले मलाई राजनीतिमा आवद्ध भएको आरोप लगाएका छन्, तर म सधैं सामाजिक सेवामै समर्पित छु।” उनले क्लबका साथीहरूको निरन्तर साथ रहेको भन्दै आगामी दिनहरूमा परदेश जाने तयारी पनि भइरहेको जानकारी गराए।

