प्रेस सेन्टर कञ्चनपुरद्वारा पत्रकार सुरक्षाको माग गर्दै गृह र संचारमन्त्रीलाई ज्ञापन

हेमा भट्ट २८ बैशाख २०८२
कञ्चनपुर – प्रेस सेन्टर नेपाल कञ्चनपुरले पत्रकार सुरक्षाका मागसहित गृह मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत बुझाइएको उक्त ज्ञापन पत्रमा राजावादी आन्दोलनको क्रममा मारिएका पत्रकार सुरेश रजकको घटनाको निष्पक्ष छानबिन गर्दै दोषी उपर कारबाही गर्न, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

प्रेस सेन्टरले केन्द्रीय कार्यक्रमअनुसार देशभर एकैसाथ अभियान सञ्चालन गरिएको जनाउँदै पत्रकारको हकहित र सुरक्षासँग सम्बन्धित विभिन्न मागहरू अघि सारेको छ। उक्त ज्ञापन पत्रमा संविधान कार्यान्वयनका लागि पत्रकारमैत्री संचार नीति निर्माण गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐन २०५२ कार्यान्वयन गर्नुपर्ने, आम संचार प्रतिष्ठान गठन गर्नुपर्ने, लोककल्याणकारी विज्ञापन प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने, पत्रकार दुर्घटना बीमा अनिवार्य गर्नुपर्ने लगायतका मागहरू समेटिएका छन्।

ज्ञापन पत्र बुझाउने क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षद्वय धर्मराज कठायत र भाष्कर केसी, सचिव हेमा भट्ट, साथै केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पत्रकारहरूका मागहरूलाई मन्त्रालयमा पठाइने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply