सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले बनाए सफ्टवेयर

हेमा भट्ट ३१ बैशाख
कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका विद्यार्थीहरूले आफ्नै प्रयासमा सफ्टवेयर निर्माण गरेका छन्। “डिजिटल रिस्पोन्सिङ प्रोजेक्ट” अन्तर्गत सात जना विद्यार्थीले दुई महिनाको मेहनतपछि उक्त सफ्टवेयर तयार पारेका हुन्।

विभागका प्रमुख कर्णदेव भट्टका अनुसार ४८ विद्यार्थीमध्ये ७ जना विद्यार्थीले डिजिटल डाटा संकलन गरी सफ्टवेयर निर्माण गरेका हुन्। बुधबार केन्द्रीय कार्यालयमा उक्त डाटासहित सफ्टवेयर प्रस्तुत गरिएको छ। “पहिलो पटक हामीले विद्यार्थीमार्फत डिजिटल डाटा संकलन गरेर सफ्टवेयर बनाएका छौँ,” भट्टले बताए, “यसपछि पनि यस्ता थुप्रै कार्यक्रम ल्याउनेछौं।”

स्नातक तहको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीलाई केही खाजा खर्च पनि दिइएको छ। विभागका शिक्षण सहायक प्रकाश साउदले कोभिड महामारीका बेला विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गर्न सफ्टवेयर विकास गरेको स्मरण गर्दै, आगामी दिनमा पनि विश्वविद्यालयको सहयोग आवश्यक हुने बताए।

विज्ञान संकायका डीन डा. भवानी चन्दले समयसापेक्ष विषयमा विद्यार्थीले चासो राखेर नयाँ सीप सिक्नुपर्नेमा जोड दिए। उपकुलपति प्रा.डा. हेमराज पन्तले सूचना प्रविधिको क्षेत्रमा विश्वविद्यालयले लगानी गर्दै आएको उल्लेख गर्दै भने, “विद्यार्थीले आफै अग्रसर भई समाज र राष्ट्रको सेवामा सीपको प्रयोग गर्नुपर्छ।”

कार्यक्रमका अन्त्यमा उपकुलपति पन्तले सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा खाजा खर्च हस्तान्तरण गर्दै सफल प्रयासको प्रशंसा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply