जेठ १ धनगढी
प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको सेमिफाइनलबाट फाइनलका लागि प्रतिस्पर्धीहरु छनोट गरिएको छ ।
गत बैशाख २० गते होटल पौवामा सम्पन्न सेमिफाइनलमा सहभागी प्रतिस्पर्धीहरुले फिजिकल भोटिङ, अनलाइन भोटिङ, निर्णायकले प्रदान गरेको अंक लगायतका अंकहरुका आधारमा उत्कृष्टलाई फाइनलका लागि छनोट गरिएको हो । सेमिफाइनल बैशाख २० गते आयोजना भएपनि अनलाइन भोटिङ भने बैशाख ३० गते सम्म रहेको थियो ।

नृत्य विधाबाट १७ जना र गायन विधाबाट १६ जनाले फाइनलमा प्रवेश पाएका हुन् । फाइनल असार १ गते ओम प्यालेस धनगढीमा आयोजना हुनेछ । नृत्य र गायन दुवै विधामा प्रथम हुनेले जनही नगद रु ७५-७५ हजार र द्वितिय हुने जनही नगद रु ३०-३० हजार सहित ट्रिफ र कक्षा ११-१२ मा पूर्ण छात्रवृत्ति हात पार्नेछन् । आइडलको चौथो संस्करण २०८१ साउनबाट सरु भएको थियो ।

