सशस्त्र प्रहरीद्वारा बढी भन्सार मूल्य देखाई दुःख दिएको आरोप

जेठ ५ धनगढी
गणेश क्षेत्री
धनगढीको खक्रौला सशस्त्र प्रहरी गुल्मले भारतबाट ल्याइएका उपभोग्य वस्तुहरू जफत गर्दै त्यसको भन्सार मूल्यांकन अत्यधिक देखाएर बुझाउने गरेको पाइएको छ। चिनी, छाता, तेल लगायतका सामानहरू बजार मूल्य वा वास्तविक भन्सार मूल्यभन्दा धेरै गुणा बढी मूल्यमा उल्लेख गरिएको छ। जस्तै, चिनीको वास्तविक भन्सार मूल्य ६५ रुपैयाँ प्रतिकिलो भए पनि सशस्त्र प्रहरीले ११३ रुपैयाँ मूल्यांकन गरेका छन्। यस्तै, छाताको मूल्य ५ सय ८ रुपैयाँ भ्याट सहित देखाइएको छ, जुन बजार मूल्यको चार गुणा बढी हो।

महिला उपभोक्ताहरूले समूह बनाएर सामान ल्याउँदा भन्सार गेटमा पहिलो चरणमा सशस्त्र प्रहरीले चेकजाँच गरेर पठाए पनि केही दूरीमा रहेका अर्का सशस्त्र प्रहरी टोलीले सामान बलजफ्ती नियन्त्रणमा लिई भन्सार नहेरी पुनः भन्सारमा बुझाएका छन्। यस कार्यप्रति महिलाहरूको गुनासो छ कि उनीहरूले समूहको पैसा लगानी गरेर सामान ल्याएका थिए, तर सशस्त्रको ज्यादतीले उनीहरू आर्थिक समस्यामा परेका छन्।

स्थानीय समाजसेवी शेरबहादुर साउदले सशस्त्र प्रहरीको यस्तो व्यवहारले सर्बसाधारणलाई अनावश्यक दुःख दिइरहेको बताएका छन्। त्यस्तै, गुल्मपतिमाथि हाकिमलाई खुशी पार्नको लागि अत्यधिक मूल्यांकन गर्दै आम नागरिकलाई पीडा दिने नियत रहेको आरोप पनि लागेको छ।

सशस्त्र प्रहरीले आफूखुसी सामान नियन्त्रणमा लिने, वास्तविक भन्दा बढी मूल्य देखाएर भन्सार बुझाउने, र आम नागरिक, विशेषगरी महिलालाई अनावश्यक दुःख दिने गरेको घटनाले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। यो प्रकरण निष्पक्ष अनुसन्धानको खाँचो देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply