जेठ ६ धनगढी
कैलालीमा बेवारिसे गर्भवती महिलाले प्रहरी जवानको सहयोगमा सडकमै बच्चा जन्माएकी छन् ।
जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा बेवारिसे गर्भवती महिलाले प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा मंगलबार बच्चा जन्माएकी हुन् ।।
इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान देउवाले ती महिलालाई सडकमा सुत्केरी व्यथा लागेको अवस्थामा देखेपछि सहयोग गरेकी हुन्।
स्थानीय बासिन्दासमेतको सहयोगमा महिलालाई सुरक्षित स्थानमा राखेर प्रसूति गराइएको थियो । त्यसपछि प्रहरी जवान देउवाले आमा र नवजात शिशुलाई पद्मा अस्पताल अत्तरियासम्म आफैं लिएर थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
