प्रहरी जवान चन्द्रिका देउवाको सहासिक कार्य: सडकमै बच्चा जन्माउन सहयोग, एसपीले पत्रकार सम्मेलनमार्फत गरे सम्मान

कैलाली, २०८२ जेठ ७।
सडकमा छटपटाइरहेकी एक वेवारिसे महिलालाई बच्चा जन्माउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका कुमारी देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनमार्फत सम्मान गरेको छ।

२०७९ जेठ ६ गते बिहान करिब १०:३० बजे, गोदावरी नगरपालिका–०१, बसन्तपुर गुहेश्वरी टोलस्थित सडकमा एक महिला श्रम वेदनामा छटपटाइरहेको सूचनापछि, अस्थायी प्रहरी पोष्ट खैरानाबाट खटिएकी प्रहरी जवान देउवाले तत्काल उद्धार गर्दै सुरक्षित स्थानमा पु‍र्‍याई प्रसूति गराएकी थिइन्।
उनको सहयोगमा ती महिलाले एक स्वस्थ छोरालाई जन्म दिएकी हुन्। पछि दुबैलाई थप उपचारका लागि पदमा अस्पताल अत्तरिया पठाइएको थियो, र हाल आमा र बच्चाको अवस्था सामान्य रहेको छ।

उक्त प्रेरणादायी कार्यको कदरस्वरूप, जिल्ला प्रहरी कार्यालय कैलालीले २०८२ जेठ ७ गते आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरी जवान देउवालाई प्रशंसापत्र र सम्मान प्रदान गरेको हो।

जिल्ला प्रहरी प्रमुख (एसपी) कोमल शाहले पत्रकार सम्मेलनमा भने,
“प्रहरी जवान देउवाले देखाएको मानवता र कर्तव्यनिष्ठा उदाहरणीय छ। यस्ता कामले संस्थाको गरिमा अझ बढाउँछ।”

सम्मान कार्यक्रममा स्थानीय सञ्चारकर्मी, प्रहरी अधिकृतहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply