नाउपा अध्यक्ष राना माओवादीमा प्रवेस

जेठ १५ धनगढी
नागरिक उन्मुक्ति पाटी कञ्चनपुरका अध्यक्ष नन्द कुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । सत्ताधारी नाउपा केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष रानाले आगामी आर्थिक बर्ष ०८२÷०८२ को बजेट घोषणाकै दिन बिहीबार पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

पाटी परित्याग गरेकै दिन रानाले नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । उनलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताहरुले सिधै पाटी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) मार्फत टिका लगाएर पाटी प्रवेस गरेका हुन ।

माओवादी नेतृ एव पुर्वमन्त्री बीना मगर, कञ्चनपुरका नेता एव बेलौरी नगरका मेयर पोतिलाल चौधरी, लालझाडी गाँउपालिका निर्वतमान अध्यक्ष मदनसेन बडायक राना, बेलौरी ८का वढाध्यक्ष बिश्राम राना, माओवादी कञ्चनपुरका युवा नेता अमर सिह चौधरी, दिपक तिमिल्सेना, लाल ब. चौधरी सहितका नेताहरु उपस्थित थिए । १५जेठमा जिल्ला अध्यक्ष रानाले पाटी अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएका छन ।

उक्त राजिनामा पत्रका नाउमाथि विश्वास गरेजस्तो पाटीले उत्पिडित, उपेक्षित समुदायको हितमा काम नगरेकोे आरोप लगाएका छन । नाउपाले मुल मर्म भन्दा परम्परागत संसदीय दलहरुको सिगो गर्दै पद, पैशा, प्रतिष्ठा, व्यक्तिगत लाभमा केन्द्रीत भएको ठहर गरेका छन ।

पाटीका पछिल्ला गतिबिधीले नैतिकता, ईमान्दारिता, संस्कारका कारण पाटीको साधारण सदस्य समेत नरहने गरेर उक्त पाटीमा बस्न नसक्ने घोषणा गरेका छन । नेकपा एमाले कञ्चनपुरका नेता समेत रहेका बेलौरी नपा ८का तत्तकालिन वडाध्यक्ष राना नाउपातिरै लागेका थिए ।

नाउपा सुप प्रदेश र संघीय सरकारमा सहभागि भएको छ । थारु समुदायको हक अधिकारका लागि भन्दै आएको नाउपा सत्ता केन्द्रीत भएको भन्दै पछिल्ला दिनहरुमा उक्त पाटीका नेता कार्यकर्ताहरु पाटी परित्याग गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply