रैकवार खबर १७ जेठ २०८२
धनगढी -सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपालमा राजतन्त्र पुनःस्थापनाको सम्भावना असम्भव रहेको बताएका छन्। शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अनलाइन मल्टिमिडिया पत्रकारिता तालिम’को उद्घाटन समारोहमा बोल्दै उनले राजसंस्थाको माग गर्नेहरूलाई तीव्र आलोचना गर्दै त्यसको युग समाप्त भइसकेको दाबी गरे।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.39761904, 0.5636429);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;
“राजतन्त्र अब फर्किँदैन। त्यो मसानघाटमा गइसकेको व्यवस्था हो,” उनले भने, “अहिले त्यो ब्युँतिने कुनै सम्भावना छैन।”
उनले राजतन्त्रको कालखण्डमा देशका उद्योगधन्दा र कलकारखाना निजीकरणको नाममा बेचिएको आरोप समेत लगाए। “राजाको पालामा राष्ट्रका सम्पत्ति गुमेका छन्,” मियाँले थपे, “त्यो विगत फर्काउनु देशको हितमा हुँदैन।”
कार्यक्रममा उनले केही समूहहरूले राजसंस्था पुनःस्थापना गर्न खोजेपनि त्यसमा जनताको समर्थन नरहेको दाबी गरे। साथै, उनले पत्रकारहरूलाई गणतन्त्रको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
“पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो,” मियाँले भने, “पत्रकारहरूले सत्य लेख्नुपर्छ, भ्रम होइन। राजसंस्थाका विपक्षमा कलम चलाउन अबको आवश्यकता हो।”

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति द्वारा आयोजित उक्त तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका पत्रकारहरूको उपस्थिति रहेको थियो। दुई दिने तालिममा अनलाइन पत्रकारिता, मल्टिमिडिया प्रविधि, डिजिटल सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइनेछ।
उक्त अभिव्यक्ति हाल देशमा पुनः राजसंस्थाको माग उठिरहेको सन्दर्भमा आएको हो। प्रदेश प्रमुखको यस्तो स्पष्ट धारणा गणतन्त्रप्रतिको संस्थागत समर्थनको संकेतका रूपमा लिइएको छ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.4244443, 0.52003556);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;
