जेठ १७ धनगढी
कैलाली । रेडिकल एकेडेमी धनगढीले होटल म्यानेजमेन्ट अध्ययनरत आफ्ना विद्यार्थीहरूलाई इन्टर्नसिपका लागि भारतका प्रतिष्ठित तारे होटलहरूमा पठाएको छ।
आज एक विशेष बिदाई कार्यक्रमको आयोजना गरी अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा ३४ जना विद्यार्थीहरूलाई भारतका दुई प्रतिष्ठित होटलहरूमा इन्टर्नसिपका लागि पठाइएको हो। रेडिकल एकेडेमीले २१ जना विद्यार्थीहरूलाई राजस्थानको जयपुरस्थित पाँचतारे होटल “The Palace by Park Jewels Hotel & Resort” मा र १३ जना विद्यार्थीहरूलाई गुजरातको राजकोटस्थित चारतारे होटल “The Fern Residency” मा इन्टर्नसिपका लागि पठाएको छ।


रेडिकल एकेडेमी धनगढीमा स्थापना भई विगत पाँच वर्षदेखि होटल म्यानेजमेन्ट तथा फेसन डिजाइन शिक्षामा क्रियाशील संस्थाका रूपमा परिचित छ। प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै आएको यस संस्थाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले इन्टर्नसिपका अवसरहरू उपलब्ध गराउँदै आएको छ।
रेडिकल एकेडेमीका संस्थापक तथा प्राचार्यले भने, “विद्यार्थीहरूले अध्ययनसँगै व्यावहारिक सीप आर्जन गरून् भन्ने हाम्रो लक्ष्य हो। इन्टर्नसिपमार्फत उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको exposure मिल्नेछ, जसले भविष्यमा रोजगारी पाउन सहयोग पुग्नेछ।”



पढेर पनि रोजगारी पाउन चुनौतीपूर्ण भइरहेका वर्तमान समयमा सीपमूलक र प्राविधिक शिक्षा प्रति बढ्दो आकर्षण देखिन थालेको छ। रेडिकल एकेडेमीको यो पहलले सीपयुक्त जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेश दुबै ठाउँ रोजगारीको अवसर सिर्जना गर्नमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
