धनगढीमा बिक्रीका लागि राखिएको आँपमा अत्यधिक विषादी भेटियो

जेठ १८ धनगढी
कैलालीको धनगढीमा बिक्रीका लागि राखिएको आँपमा अत्यधिक विषादी भेटिएको छ । धनगढीको सहिद गेटस्थित कृषि थोक बजारमा रहेको जयश्री माँ जानकी स्टोरमा राखिएको आँपका अत्यधिक विषादी भेटिएको हो ।

आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत परीक्षण कार्यालय अत्तरिया टोलीले गरेको गरेको अनुगमनका क्रममा मोबाइल भ्यानमै गरिएको परीक्षणमा ६२ रोकावट प्रतिशत कार्बोमेट फेला परेको विषादी अवशेष द्रुत परीक्षण कार्यालय अत्तरिया प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए ।

उनका अनुसार विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम भएमा खान योग्य, ३५ देखि ४५ भएमा केही दिन पर्खेर खान सकिने र ४५ भन्दा माथि भएका खान अयोग्य हुने भएकाले विसर्जन गर्ने गरिन्छ । अनुगमन टोलीले विषादी भेटिएको २ हजार २६० किलोग्राम आँप जफत गरी नष्ट गरेको छ । ती आँप भारतबाट आयात गरिएको जनाइएको छ ।

अनुगमन टोलीले भिण्डी, काँक्रो, टमाटर, केरा, अङ्गुर, स्याउको नमुना पनि परीक्षण गरेको भए पनि अन्यमा विषादीको अवस्था सामान्य पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply