जेठ १९ धनगढी
कैलालीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान २ बजे गौरीगंगा नगरपालिका- १० जवलपुरमा रहेको एक घरमा आगलागी हुँदा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको हो ।
काठ र खरले छाएको २ तले घरको माथिल्लो तलामा आगलागी हुदा माथिल्लो तलामा सुतेका कुक्र डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताए ।
आगलागी करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुलेको छैन ।
घटना बारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
