ललित जोशी मृत्युकाण्ड : पुर्व पश्चिम राजमार्ग बन्द

हेमा भट्ट असार २९
कञ्चनपुर -कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी निवासी २८ वर्षीय ललित जोशीको रहस्यमय मृत्युको विषयलाई लिएर शनिबार दिनभर तनाव सिर्जना भएको छ। मृतकका आफन्तजनले घटना लुकाउन खोजिएको भन्दै झलारी नजिकै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि स्थानीय जनजीवन प्रभावित भएको छ।

प्राप्त जानकारीअनुसार, ललित जोशी शुक्रबार राति घर नजिकै मृत फेला परेका थिए। तर, परिवारजनले उक्त मृत्यु शंकास्पद भएको बताएका छन्। उनीहरूको आरोप छ कि,

“घटना स्थल सुरक्षित नगरी प्रहरी प्रशासनले प्रमाण नष्ट गर्ने गरी शव उठाएर पोष्टमार्टमको लागि लगेको छ।”

यसैकाे विरोधमा मृतकका आफन्त र स्थानीय बासिन्दाले टायर बालेर सडक अवरोध गरेका छन्। उनीहरू निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलित बनेका छन्।

प्रदर्शनकारीले भने,“घटनालाई दुर्घटना देखाउने षड्यन्त्र भइरहेको छ, हामी प्रहरीको गलत नियत सहन सक्दैनौं।”

प्रहरीको भनाइ: यस विषयमा कञ्चनपुरका प्रहरी प्रमुख एसपी भुवनराज शाही ले भने,

“हामीले अनुसन्धान अगाडि बढाएका छौं। शवको परीक्षण रिपोर्टपछि मात्र वास्तविकता थाहा हुन्छ। घटनालाई तोडमोड गरेर प्रचार नगरियोस्।”

तर, प्रदर्शनकारीहरू प्रहरीको जवाफप्रति असन्तुष्ट देखिएका छन्। उनीहरूले घटनाको स्वतन्त्र छानबिन समिति गठन, CCTV फुटेज सार्वजनिक गर्ने, र घटनामा संलग्नहरूको पहिचान गरी तत्काल कारबाही गर्न माग गरेका छन्।

राजमार्ग ठप्प: आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात पूर्ण रूपमा ठप्प भएको छ। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने, केही स्थानमा एम्बुलेन्स र आपतकालीन सेवासमेत अवरुद्ध भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply