मेयर लिम्बुले अभियन्ता कुमालसँग माफी मागे

असार ३२
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वतन्त्र समूहका अभियन्ता भीम बहादुर कुमालसँग माफी मागेका छन्।

कुमालले मेयर लिम्बुविरुद्ध सामाजिक सञ्जालमार्फत बेइज्जत गर्ने खालको अभिव्यक्ति दिएको भन्दै जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका थिए। सोही मुद्दामा असार ३१ गते मेलमिलापकर्ता धनराज शर्माको उपस्थितिमा भएको सहमति अनुसार मेयर लिम्बुले आत्मआलोचना सहित माफी मागेका हुन्।

मेलमिलापमा हस्ताक्षर भएको लिखित पत्र अनुसार निम्न ३ बुँदामा सहमति भएको छ: १. मेयर लिम्बुले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारका कारण वादी कुमालको भावना आहत भएकोप्रति आत्मआलोचना गर्दै माफी माग्ने।
२. आगामी दिनमा यथार्थ विपरीतका अभिव्यक्ति सार्वजनिक नगर्ने प्रतिबद्धता।
३. आपसी समझदारीमा उक्त विषयलाई यहीँ टुंगो लगाउने।

यस सहमतिपछि मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply