कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१
कृषि विकास र नीतिनिर्माणलाई प्रभावकारी बनाउन कञ्चनपुरका सरोकारवालाहरूले यथेष्ट र यकिन कृषि तथ्याङ्क संकलनमा जोड दिएका छन्। कृषि ज्ञान केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा पालिका प्रमुख, उपप्रमुख, कृषि शाखा कर्मचारी, युवा किसान लगायतले कृषि तथ्याङ्क अद्यावधिकका लागि सहकार्यको आवश्यकता औँल्याएका हुन्।

कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतीका अनुसार, तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहको भूमिका निर्णायक हुने हुँदा संयुक्त छलफल गरिएको हो। कार्यक्रमको कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास अधिकृत धर्मसिंह साउदले भारतबाट कृषि वस्तुको आयात निरन्तर बढ्दो अवस्थामा रहेको बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले आत्मनिर्भर कृषि प्रणालीका लागि पालिकाको अग्रसरता अपरिहार्य भएको उल्लेख गरे। युवा किसान गोविन्द विष्टले “काम नगर्ने तर अनुदान लैजाने प्रवृत्ति” का कारण तथ्याङ्क अपूर्ण हुने बताए। अर्का किसान रामबहादुर रानाले किसानमुखी कार्यक्रममा ध्यान दिनुपर्ने धारणा राखे।

तथ्याङ्क अधिकृत गोविन्द न्यौपानेले एकिन तथ्याङ्क संरचना खडा गर्न सुझाव दिए। बेलडाँडी गाउँपालिकाका उपप्रमुख शान्ति नाथ र बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले कृषिमा बजेटको समानुपातिक वितरण र कार्यक्रमको प्रभावकारिता बढाउन जोड दिए।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्थानीय तहले रैथाने बाली प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा (पातल) ले प्रदेशभर आत्मनिर्भर कृषि कार्यक्रम अगाडि बढाइएको र तथ्याङ्कीय आधारमा नीतिहरू निर्माण भइरहेको जानकारी गराए।

कार्यक्रममा कृषि मन्त्रालय, ज्ञान केन्द्र, विभिन्न पालिकाका जनप्रतिनिधि, अधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply