साउन ०३, २०८२ धनगढी
कैलाली र कञ्चनपुरका केही स्थानबाट भन्सार छलीगरी ल्याएका २२ लाख ९ हजार ८८३ मुल्य पर्ने सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार साँझ कञ्चनपुर भिमदत्त ४ बसपार्क, बेदकोट ७ सुडा र पुनर्वास ११ डोके बजार स्थित गुम्बा नजिक र कैलालीको भजनी ७ हिक्मतपुर घाटबाट सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट भमुकुट, प्लाष्टिकको फुलको माला, सुटपिस, धोती, गम्छा,चस्माको सिसा, किराना , बिडी, सुर्ती लगायतका
सामानहरु जिल्ला प्रहरी कार्यालय कैेलाली,कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1