साउन ३ धनगढी
कैलाली -गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षमै कुटपिट भएको छ। कुटपिट गर्ने व्यक्ति नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव तथा ज्वाइँ उमेश जोशी रहेका छन्। कुटपिटपछि उमेश फरार छन्।
प्रभावित अधिकृत जोशीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार जाहेरीपछि उमेशको खोजी तीव्र पारिएको छ।
यस घटनापछि नगरपालिकाका कर्मचारीहरू आक्रोशित छन्। दोषीमाथि कानुनी कारबाहीको माग गर्दै उनीहरूले अत्यावश्यक सेवा बाहेकका सबै सेवा स्थगन गरेका छन्।
‘कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सुचारु हुँदैन,’ उनीहरूले चेतावनी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1