टीकापुरमा खाजा खाँदै गरेका शिक्षकको मृत्यु, तीन जना साथीसहित अनुसन्धानमा

गणेश क्षेत्री
टीकापुर, कैलाली — टीकापुरस्थित लोकल स्टेशनमा खाजा र पेय पदार्थ सेवन गरिरहेका शिक्षकको अचानक बेहोस भई मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको जानकी गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयका ४६ वर्षीय शिक्षक जगदीश प्रसाद पन्त रहेका छन्।

साँझ तीन जना साथीसहित लोकल स्टेशन पुगेका पन्त अचानक बेहोस भएपछि साँझ ७ बजे टीकापुर अस्पताल लगिएको थियो। तर उपचारको क्रममा राति ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (DSP) नविन राजा बुढाथोकीले जानकारी दिनुभयो।

DSP बुढाथोकीका अनुसार, मृत्यु शंकास्पद देखिएको प्रारम्भिक अनुसन्धानमा अनुमान गरिएको छ। घटनासँग सम्बन्धित तीन जना साथिहरु लाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ। “घटनाको वास्तविकता विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ,” बुढाथोकीले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply