बिरेन्द्र सामुदायिक वनमा तारजाली जडान: वन–मानव द्वन्द्व न्यूनीकरणतर्फको पहल

हेमा भट्ट श्रावण ४ गते
कञ्चनपुर- कृष्णपुर नगरपालिका–८ विचवास्थित श्री बिरेन्द्र सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य योजना अन्तर्गत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा छाडा चौपाया नियन्त्रणका लागि तारजाली जडान कार्य सुरु गरेको छ।

उक्त पहलबाट वन्यजन्तुहरू गाउँ पसेर अन्नबालीमा क्षति पुर्याउने जोखिम कम हुने, साथै छाडा चौपायाको अनियन्त्रित चरन रोकिने अपेक्षा गरिएको छ। वन क्षेत्रको संरक्षणसँगै मानव सुरक्षाको सुनिश्चितता यो योजनाको मुख्य उद्देश्य हो।

समूहकी अध्यक्ष धर्मा रावल भाट,ले जो एक महिला नेतृत्वकर्ताका रूपमा अगाडि आउनुभएको छ, सामुदायिक वन व्यवस्थापनलाई समावेशी, पारदर्शी र दिगो दिशातर्फ लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भनिन्:

“वन संरक्षण केवल वातावरणकै कुरा होइन, यसले सामाजिक न्याय, सहभागिता र महिला सशक्तीकरणसँग पनि सम्बन्ध राख्छ। म चाहन्छु, सामुदायिक वन सबै वर्गको साझा स्वामित्वको अभ्यास बनोस्।”

अध्यक्ष भाटको नेतृत्वमा समूहले पारदर्शी प्रशासन, महिला सहभागिता, युवाको संलग्नता र वातावरणमैत्री कार्यहरूलाई प्राथमिकता दिइरहेको छ। यस कार्यलाई स्थानीय बासिन्दाहरूले स्वागत गरेका छन्।

वन–मानव सहअस्तित्वका लागि गरिएको यस्तो पहलले दीगो वन व्यवस्थापनको नमूना प्रस्तुत गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply