राजापुर अनन्तपुरमा मोटरसाइकलमा राति आगजनी, प्रहरीमाथि सुरक्षा चुनौती

गणेश क्षेत्री श्रावण ५,
बाँकेराजापुर नगरपालिका–४ अनन्तपुरमा राति करिब ११:३० बजे एक मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ। भे १० प ६३ नम्बरको अपाचि आरटीआर मोटरसाइकल पूर्णरूपमा ध्वस्त भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।

प्रहरी कार्यालयदेखि करिब ५०० मिटरको दूरीमा रहेको स्थानमा रातिको समयमा आगजनी भएपछि शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा थप चुनौती सिर्जना भएको स्थानीयवासीले बताएका छन्।

प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय राजापुरका प्रवक्ता नबिन थापा मगरले घटनाबारे जानकारी दिँदै भने, “मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। अहिले नजिकैको सिसी क्यामेरा जाँच भइरहेको छ, अनुसन्धानपछि निष्कर्षसहित थप जानकारी दिइनेछ।”

सवारीधनी अरुण थारुले हाल कसैसँग व्यक्तिगत रिसइबी नभएको बताउँदै घटना रहस्यमय देखिएको प्रतिक्रिया दिएका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply