खक्रौला को भारत-नेपाल सिमा क्षेत्रबाट २२.४ किलो चरेससहित दुई जना पक्राउ

गणेश क्षेत्री १५ साउन २०८२
कैलाली – भारत-नेपाल सीमामा अवस्थित नेपाल को खक्रौला नाका भएर ईन्डिया पुगेको २२.४ किलोग्राम चरेस सहित दुइ जनालाई ईन्डिया को एस एस बि ले पक्राउ गरेको छ

खक्रौला स्थित भारतिय सीमा सुरक्षा बल एसएसबी टोलीले सोमबार मध्यरातमा नेपालबाट अवैध रूपमा भारत प्रवेश गरिरहेको शंकास्पद गाडीलाई खानतलासी गर्दा ठुलो परिमाण मा चरेस बरामद भएको हो

खक्रौला स्थित नेपाल का ३४ नं गण अन्त्रगत सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजन शाह लाइ तपाईंको नाक मुन्तिर बाट ठुलो परिमाण मा चरेस गएको र भारतिय एस एस बि ले पक्राउ गर्यो भनेर प्रस्न गर्दा आफुलाइ केहि थाहा नभएको भनेर गैरजिम्मेवार जवाफ दिएका छन्

उक्त चरेश बरामद गरिएको तिकुनियाका रास्ट्रिय सहाराका पत्रकार निरज देवबंश ले वताएकाछन । पत्रकार निरज ले लागुपदार्थ ले समाजमा बिकृति ल्याएको ले कडाइ गरिनुपर्ने बताउनुभयो

सोमबार राति खक्रौला एसएसबी पोष्टको टोलीले सीमा स्तम्भ नम्बर ७०३/१ क्षेत्रको करिब २०० मिटर भित्र भारतीय क्षेत्रमा दिल्ली को चारपाङ्रे गाडि नम्बर (UC 8 UR 8507) एसएसवीले उक्त कार चेकजाँच गर्दा फेला परेको हो

चरेस सहित पक्राउ परेका ब्यक्तिहरु आगरा जिल्लाको फतेहपुर सिकरीका स्थानीय निवासी मोहम्मद हुसेनका छोरा खलिल अहमद र भुराका छोरा शौकिन रहेको बताएका छन्

एसएसबीले बरामद गरिएको चरेस, गाडी र दुवै अभियुक्तलाई थप अनुसञ्धान सहित कारबाहीकालागि तिकुनिया प्रहरी चौकीमा बुझाएको छ

सिमा संबेदनसिल हुन्छ तर सिमा तथा भन्सार को सुरक्षा को जिम्मेवारी पाएको सशस्त्र प्रहरी भने मोटरसाइकलमा भन्दा साइकलमा मात्रै चेकजाँच कडाइ गर्ने र चारपाङ्रे सवारीसाधनमा चेकजाँच कम गर्ने पाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply