डल्फिन क्षेत्रको अवलोकन तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

गणेश क्षेत्री
कञ्चनपुर — श्री लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा डल्फिन क्षेत्रको अवलोकन तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सहकारीका अध्यक्ष कपुरसिंह कडायतको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले डल्फिनलाई यस क्षेत्रको आकर्षणको केन्द्र बिन्दु भन्दै संरक्षणमा सबैले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। “डल्फिन चेतनशील र स्तनधारी प्राणी भएकाले यसको संरक्षण मानवता र पर्यावरण दुवैका लागि महत्त्वपूर्ण छ,” उहाँले बताउनुभयो।

विशिष्ट अतिथिको रुपमा वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, वडा नं. ६ का अध्यक्ष बलिराम चौधरी, तथा साबिक नारायणपुर गा.वि.स.का अध्यक्ष फकिरसिंह कडायतको उपस्थिति रहेको थियो।
अध्यक्ष न्यौपानेले डल्फिन संरक्षणले पर्यटन प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धिमा टेवा पुग्ने बताउनुभयो।
त्यस्तै, फकिरसिंह कडायतले डल्फिन संरक्षणमा स्थानीय समुदायको भूमिकालाई प्रशंसनीय बताउँदै यो कार्य मानवीय र मानवतासँग जोडिएको हुनाले सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहकारीका अध्यक्ष कपुरसिंह कडायतले सहकारीको हालको आर्थिक विवरण प्रस्तुत गर्दै चालु आवमा कुल मुनाफा ९६ लाख ३३ हजार १२८ रुपैयाँ भएको जानकारी दिनुभयो।

उहाँका अनुसार हालसम्म सेयर पुँजी १ करोड ३० लाख ५० हजार २५० रुपैयाँ, निक्षेप ११ करोड ३ लाख ९ हजार १३० रुपैयाँ, तथा कर्जा लगानी १५ करोड २९ लाख ३३ हजार ५०० रुपैयाँ रहेको छ।

डल्फिन संरक्षणमा विशेष योगदान पुर्याउने अभियन्ता तथा DABC नेपालका अध्यक्ष भोजराज ढुंगाना र डल्फिन संरक्षणमा समर्पित बिजयराज श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको थियो।
त्यस्तै, भूकम्पको समयको उल्लेखनीय योगदानका लागि आदर्श टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम सञ्चालन ओपेन्द्र खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष युवराज नायकले दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply