कैलालीमा एकैदिन १ सय ७८ पिन्ट रगत सङ्कलन

साउन १७ धनगढी
कैलालीमा आज (शनिबार) भएको रक्तदान कार्यक्रममा १८७ पिन्ट रगत संकलन भएको छ । केही समयदेखि रगत अभाव भएको जानकारी पाएपछि यहाँका केही संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरेका हुन ।

धनगढीमा बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रम संयोजक वीबहादुर महराका अनुसार बैतडी समाजले प्रत्येक ६/६ महिनामा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएकोमा आज ९१ जनाले रक्तदान गरेका छन ।

त्यस्तै,गौरिगंगा नगरपालिका–८ बडैपुरमा आज गौरिगंगा ११ स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाले समेत आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको सभापति रतन टमट्टाले जानकारी दिए ।

रक्तदान सदभावना दुत उपाध्याय सम्मानित

सर्वाधिक सतक रक्तदाता एवं सुदूरपश्चिम प्रदेशका रक्तदान सदभावना दुत दीपक उपाध्याय सम्मानित भएका छन । गौरिगंगा ११ स्पोर्ट्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा उपाध्याय सम्मानित भएका हुन ।

१०९ औं पटक रक्तदान गरि सयौँ व्यक्तिको जीवन बचाएको र हजारौँ व्यक्तिको जीवन रक्षाका लागि अहोरात्र खटि रक्तदान जस्तो मानवीय कार्यमा तल्लीन रहेको भन्दै उपाध्यायलाई सम्मान गरिएको हो । उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि गौरिगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply