४० वर्ष पुरानो शिव मन्दिर बेवास्ता: सरकार र नेताको वाचा हावामा

सरस्वती सुनार, २६ साउन
कृष्णपुर नगरपालिका–९, राजघाट कोठार टोलको दक्षिणतर्फ, वडा कार्यालयको पश्चिम र राजघाट खानेपानी नजिकै अवस्थित शिव मन्दिर २०४२ सालमा स्थापना भएदेखि आजसम्म न त सरकारी ध्यान पुगेको छ, न त नेताहरूको वाचा पूरा भएको छ।

स्थापना पछि थुप्रै सरकार बदलिए, नेताहरू आए–गए, राजनीतिक दलका अगुवाहरूले यहाँ उपस्थित भई “अवश्य सहयोग गर्छौं” भनेर वाचा गरे। तर अन्य स्थानका नयाँ मन्दिरहरूलाई वर्षेनि बजेट छुट्टिए पनि, यस शिव मन्दिरले अहिलेसम्म एक रुपैयाँ सरकारी सहयोग पाएको छैन।

“भगवान् त सबैका साझा हुन्, राजनीति र आस्थामा किन खेलवाड? हरेकको बाटो यहीँ भएर जान्छ, सबै देख्छन्, तर यो मन्दिर कहिल्यै राज्यको नजरमा पर्न सकेको छैन।”

तिज, जन्माष्टमी, भजन शिविर, डोल जात्रादेखि धनगढी कृष्ण मन्दिरसम्मको धार्मिक यात्रा यहाँबाटै हुँदै जाने परम्परा छ। शिवरात्री, साउन व्रत, तिज, जन्माष्टमीका अवसरमा यहाँ महिला–पुरुष चेलीबेटीले निरन्तर सरसफाइ गर्दै पूजाआजा गर्दै आएका छन्। तर, मन्दिरको भौतिक संरचना भने वर्षैपिच्छे जर्जर बन्दै गएको छ।

स्थानीयहरूको भनाइमा, पटक–पटक नेताहरूलाई मन्दिर देखाए पनि, सजावटसहितको भजन–कीर्तन र परिक्रमा कार्यक्रम भए पनि राज्यको ध्यान यहाँ कहिल्यै स्थिर हुन सकेको छैन।

“मन्दिर कसैको निजी होइन, भगवान् पनि निजी होइनन्। अब ढिलाइ नगरौं, आस्थाको सम्मान गरौं,” उनीहरूको आग्रह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply