२३ बुंदे माग कार्यान्वयनका लागि धनगढीमा वन उपभोक्ताहरूको विरोध सभा

हेमा भट्ट
धनगढी, कैलाली — २६ बुंदे माग कार्यान्वयनका लागि कैलाली र कञ्चनपुरका विभिन्न वन उपभोक्ता महासंघ तथा समितिहरूले श्रावण २८ गते धनगढीमा विरोध ल्याली र सभा गर्ने तयारी गरेका छन्।

विरोध कार्यक्रममा साझेदारी वन उपभोक्ता महासंघ नेपाल (ACOFUN), सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (N-FECOFUN), वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (NFSFMN) सहितका संस्थाहरूको सक्रिय सहभागिता रहने आयोजकहरूले बताएका छन्।

सरकारसमक्ष तत्काल माग पूरा गर्न दवाव दिने उद्देश्यले उनीहरूले सामुदायिक वनको अधिकार संरक्षण, वनको दीगो व्यवस्थापन, उपभोक्ताको सहभागिता वृद्धि र नीति सुधारका मुद्दा उठाउनेछन्। आयोजकहरूले चेतावनी दिँदै भनेका छन्— “यदि माग बेवास्ता भयो भने आन्दोलनलाई अझ सशक्त बनाइनेछ।”

सभामा वक्ताहरूले सामुदायिक वन आन्दोलनको इतिहास, उपलब्धि र हालका चुनौतीहरूबारे प्रकाश पार्दै, वन क्षेत्रमा हुने हस्तक्षेप र अधिकार हननको कडा विरोध गर्ने तयारी गरेका छन्।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका वन उपभोक्ताहरूले प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्नेछन्।

आन्दोलनमा सहभागी समितिहरूमा वाणी (कञ्चनपुर), मसुरिया (कैलाली), पहलमानपुर (कैलाली), भजनी (कैलाली), मोहना (कैलाली) र बसन्ता (कैलाली) सामुदायिक वन समन्वय समितिहरू सामेल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply