नेकपा (माओवादी केन्द्र) कृष्णपुर–९ को वडा कमिटी बैठक सम्पन्न

हेमा भट्ट, भाद्र ६, कृष्णपुर – नेकपा (माओवादी केन्द्र) कृष्णपुर नगरपालिका–९ को वडा कमिटी बैठक शनिबार सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशकी निबर्तमान उपसभामुख तथा कृष्णपुर नगर इन्चार्ज क. निर्मला जोशी प्रमुख अतिथि रहेकी थिइन्।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले माओवादी केन्द्रलाई अझ सबल बनाउन आधारस्तरमै संगठनात्मक सुदृढीकरण अपरिहार्य रहेको बताइन्। उनले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको समस्या समाधानमा पार्टी निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिँदै, माओवादी आन्दोलनले ल्याएको उपलब्धि जोगाउन अबको प्रमुख दायित्व कार्यकर्तामाथि आएको स्पष्ट पारिन्।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष लालबहादुर चौधरीले गरेका थिए। अध्यक्षीय मन्तव्य दिँदै उनले पार्टी संगठनलाई सक्रिय र अनुशासित बनाउन इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार अबको लक्ष्य संगठनलाई सशक्त बनाएर जनतासँग प्रत्यक्ष रूपमा गाँसिने अभियानलाई अघि बढाउनु बताए ।

बैठकमा नगर उपाध्यक्ष पुनाराम चौधरी, नगर सदस्य हर्कबहादुर शाही, सुनिता चौधरी लगायतको उपस्थिति उल्लेख्य रहेकोे थियोे । बैठक कृष्णपुर नगरपालिका–९ स्थित श्री सीता सामुदायिक वनको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply