धनगढी, भाद्र ।
सुदूरपश्चिमको महान मौलिक पर्व गौरा अवसरमा शिखर काफली सेवा समाज धनगढी–१३ राजपुर, कैलालीको आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत देउडा कार्यक्रम हुने भएको छ ।
समाजको राजघाट उपसमितिको संयोजन तथा व्यवस्थापन र शिवदुर्गा मन्दिर व्यवस्थापन समितिसँगको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रम भाद्र १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । उद्घाटन कार्यक्रम भाद्र १५ गते दिउँसो १२ बजे कृष्णपुर नगरपालिका वडा नं ९ स्थित शिवदुर्गा मन्दिर प्राङ्गणमा हुने र देउडा कार्यक्रम राजघाट रिभरसाइडको खेल मैदानमा सञ्चालन हुने समाजले जनाएको छ ।
समाजका अनुसार कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सल्लाहकार समिति, आजीवन तथा साधारण सदस्यहरूका साथै शुभेच्छुक र शुभचिन्तकहरूको सहभागिता रहनेछ ।
आयोजक `
शिखर काफली सेवा समाज नेपाल धनगढी -१३ राजपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1