कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

हेमा भट्ट
कञ्चनपुर — लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको अवस्थामा प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुर निवासी एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २८ वर्षीय मनोज रानालाई भदौ १६ गते उनको घरमा प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय रैकवार विचुवाबाट प्रहरी प्र. ना. नि. देव बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले रानाको घरमा खानतलासी गर्दा खाटमा पल्टिरहेको अवस्थामा १४.८६ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिएका छन्।

बरामद गरिएको लागुऔषधसहित रानालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले भनेको छ, लागुऔषध नियन्त्रण हाम्रो उच्च प्राथमिकता हो। यसको प्रभावबाट समाजलाई जोगाउन प्रहरी निरन्तर खटिनेछ।

सामाजिक जीवनलाई नष्ट पार्ने खालका लागुऔषधले विशेषगरी युवापुस्तालाई गलत बाटोतर्फ धकेल्ने भएकाले यसको नियन्त्रण र रोकथाममा अभिभावक, विद्यालय, छिमेकी, वडास्तर र स्थानीय सरकार सबैको सक्रिय भूमिका अपरिहार्य हुने विज्ञहरूको भनाइ छ।

शिक्षाविद्हरूले जोड दिएका छन्, घरपरिवारले सन्तानमाथि नियमित ध्यान दिनुपर्छ, विद्यालयले सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, छिमेकी र स्थानीय सरकारको सक्रियताले मात्रै यो समस्या घट्न सक्छ।

लागुऔषधको प्रयोगले स्वास्थ्य, परिवार, समाज र भविष्य सबैलाई विनाशतर्फ धकेल्ने भएकाले निरन्तर जनचेतना कार्यक्रम, निगरानी, पुनर्वास र संयुक्त अभियान अपरिहार्य हुने प्रहरी प्रशासनको धारणा छ।

लागुऔषधले शरीरलाई भत्काउने मात्र होइन, भविष्य पनि नष्ट गर्छ। यसले पारिवारिक सम्बन्धलाई कमजोर बनाउँछ र अपराधतर्फ धकेल्छ। एकपटक लागुऔषधको दलदलमा फसेपछि बाहिर आउन गाह्रो हुन्छ।

प्रहरी, स्थानीय निकाय र सामुदायिक नेतृत्वको साझा प्रयासबिना यो समस्याको समाधान सम्भव छैन। त्यसैले हरेक नागरिकले आफ्नो घर–परिवार, टोल–छिमेकी र समाजलाई लागुऔषधमुक्त बनाउन सक्रिय भूमिका खेल्नुपर्ने बेला आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply