धनगढी बजारमा रूपेश स्वार प्यानलको घरदैलो

हेमा भट्ट,धनगढी, भाद्र २२
कैलाली उद्योग वाणिज्य संघको ५१औँ साधारणसभा तथा चुनावी अधिवेशन २०८२ नजिकिँदै गर्दा धनगढी बजार उत्साह र अपेक्षाले भरिएको छ। यसै क्रममा रूपेश स्वार प्यानलले घरदैलो कार्यक्रम सम्पन्न गर्दै व्यवसायीहरूको मन र भरोसा जित्ने अभियानलाई थप तीव्रता दिएको छ।

“व्यवसाय र व्यवसायीको सुरक्षाः हाम्रो प्रतिबद्धता” भन्ने नारासहित अघि बढिरहेको यस प्यानलका उम्मेदवारहरूले बजारका कुनाकाप्चासम्म पुगेर व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरे। उनीहरूले व्यवसायी समुदायलाई सुरक्षित वातावरण, सशक्त नेतृत्व र पारदर्शी संघको भविष्यको आश्वासन दिँदै आगामी भदौ २८ गते हुने निर्वाचनमा समर्थनका लागि हार्दिक आग्रह गरे।

प्यानलबाट सदस्य पदका उम्मेदवार दीपक ब. राठौर (दिपेश) ले व्यवसायीहरूसँगको भावनात्मक सम्बोधनमा भने, “म संघको सदस्य पदमा उम्मेदवार बनेको मेरो व्यक्तिगत पदलालसाका लागि होइन, सम्पूर्ण व्यवसायी वर्गको आवाज बुलन्द बनाउनका लागि हो। संघलाई सबल बनाउन र बजारलाई सुरक्षित बनाउन तपाईंहरूको साथ, समर्थन र मत आवश्यक छ।”

उच्चाकोटी स्टील तथा एल्युमिनियम उद्योगका सफल सञ्चालक समेत रहेका राठौरले व्यवसायीहरूबीच ऐक्यबद्धताको आवश्यकता औंल्याउँदै सबैलाई आफ्नो–आफ्नो स्थानबाट योगदान दिन आह्वान गरे।

स्थानिय व्यवसायीहरूले भने दिपेशको संघर्षमय जीवन–यात्रा र निष्ठापूर्ण स्वभावलाई स्मरण गर्दै उच्च सम्मान प्रकट गरेका थिए। “सानैदेखि मेहनतको बाटो समातेका दिपेश हरेक पीडित र समस्याग्रस्तका लागि आशा बनेका छन्। जुनसुकै कठिन परिस्थितिमा पनि उनको सक्रिय उपस्थिति रहन्छ,” स्थानीयहरू भावुक हुँदै सुनाए।

रूपेश स्वार प्यानलले अधिवेशनलाई व्यवसायीहरूको साझा पर्व भन्दै, सबैलाई सक्रिय सहभागिता जनाउन र आगामी निर्वाचनमा क्र.सं. १० मा मतदान गरी प्यानललाई विजयी बनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply