खेमराज भट्ट, २०८२ भाद्र २७
काठमाडौं – विद्यमान परिस्थितिमा नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टिप्पणी, विश्लेषण र समाचारहरू सार्वजनिक भइरहेको सन्दर्भमा सेनाले आधिकारिक जानकारी बाहेकका भ्रामक सामग्रीप्रति विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।
सेनाले शुक्रबार बिहान ९ः१५ बजे जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनाले आफ्नो गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। त्यसैले अपुष्ट र गलत प्रचारमा भ्रमित नहुन सबैलाई अनुरोध गरिन्छ।”
साथै, सेनाले सूचना आदानप्रदान तथा आवश्यक समन्वयका लागि जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जनाएको छ। साथै स्थानीय स्तरमा समेत विभिन्न पृतना हेडक्वार्टरमार्फत आवश्यक जानकारी लिन सकिने व्यवस्था गरिएको जानकारी दिइएको छ।
क्षेत्रगत सम्पर्क नम्बरहरू यसप्रकार छन् :
पूर्वी क्षेत्र : ९८५२०८१७०४
मध्य पूर्वी क्षेत्र : ९८५४०२०७७२
मध्य क्षेत्र : ९८६३०२८८८४
पश्चिम क्षेत्र : ९८५६०११४३९
मध्य पश्चिम क्षेत्र : छुट्टै सम्पर्क नम्बर उपलब्ध हुने उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तिमा सेनाले अन्त्यमा पुनः आधिकारिक सूचना बाहेक अन्य स्रोतमा भर नपर्न जनसाधारणलाई अनुरोध गर्दै गलत प्रचारप्रति सजग रहन अपिल गरेको छ।