कृष्णपुरकी छोरी कलाकार आचल नाथमाथि पेट्रोल छर्की आगो लगाउने जघन्य प्रयासप्रति घोर निन्दा

हेमा भट्ट, असोज ९
कृष्णपुर नगरपालिका–२ बाणि निवासी हाल काठमाडौंमा बस्दै आएकी प्रतिभाशाली कलाकार आचल नाथमाथि केही अपराधी समूहले पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरेको हृदयविदारक घटना भएको छ। यो अमानवीय अपराधले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ।

घटनामा गम्भीररूपमा घाइते भएकी कलाकार नाथको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र वडा नं. २ का वडा अध्यक्ष अर्जुन साउदले संयुक्तरूपमा घटनाप्रति गहिरो दुख प्रकट गरेका छन्। उनीहरूले यो आपराधिक कृत्यको सत्यतथ्य छानबिन गरी संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गरेका छन्।

नगर प्रमुख ओझाले भने, “समाजमा यस्ता जघन्य अपराधलाई सहनु असम्भव छ। पीडितलाई न्याय दिलाउन नगरपालिकाले निरन्तर आवाज उठाउनेछ।”
त्यसैगरी वडा अध्यक्ष साउदले घटनाले आफूलाई गहिरो पीडा पुर्याएको उल्लेख गर्दै कलाकार नाथप्रति सम्पूर्ण कृष्णपुरवासी एकताबद्ध रहेको बताए।

यो हृदयविदारक घटना केवल आचल नाथमाथि भएको आक्रमण मात्र होइन, यो सम्पूर्ण महिला, कलाकार र सिर्जनशील समाजमाथिको चुनौती पनि हो। अब दोषीलाई कानुनको कठघरामा उभ्याउनु र पीडितलाई न्याय दिलाउनु सम्पूर्ण राज्यको दायित्व बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply