पुनर्वास जनता मा वी का सेवा निवृत्त दुई शिक्षकलाई सम्मान

धनबहादुर बिक
पुनर्वास , असोज १०
पुनर्वासको अग्रणी बिद्यालय श्री पुनर्वास जनता माविमा सेवा निवृत्त शिक्षक द्वय माधव प्रासाद पोख्रेल र कर्णबहादुर रोकाया लाई बिद्यालय ले सम्मान गरिएको छ ।

बिजया दशमि , शुभ दिपावली छठ पर्व एबं नेपाल सम्वत ११४६ को अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रम को आयोजना गरेको हो ।

शुक्रबार बिद्यालय को आफ्नै नवनिर्मित सभाहलमा एक कार्यक्रम को आयोजना गरि शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षक द्वय लाई सम्मान गरिएको हो ।

पुनर्वास नगरपालिका ६ निवासी स्वर्गीय पिता टिकाराम पोख्रेल तथा माता रूक्मिणी पोख्रेल का जेष्ठ सुपूत्र माधव प्रसाद पोख्रेल ले मिति २०६३ मंसिर ८ गतेदेखि २०८२ असोज ५ गतेसम्म बिद्यालय मा माध्यमिक तहको शिक्षक पदमा अनवरत रूपमा कर्तव्यनिष्ठ र ईमानदारीताका साथ बिद्यालय को बृहत्तर विकासमा पुर्याउनुभएको दिर्घ सेवाको उच्च मुल्यांकन गर्दै बिद्यालय ले कदरपत्र सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।
त्यसतै पुनर्वास नगरपालिका ६ कै अर्का शिक्षक

पिता स्व. कालिभान रोकाया तथा माता स्व. गौमती रोकायाका सुपुत्र कर्ण बहादुर रोकायाले वि.सं. २०४७ सालदेखि २०८१ फागुन ५ गतेसम्म यस विद्यालयको प्राथमिक तहको शिक्षक पदमा अनवरत रुपमा कर्तव्यनिष्ठ र इमान्दारिताका साथ विद्यालयको बृहत्तर विकासमा पुऱ्याउनु भएको दीर्घसेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गरिएको कदरपत्रमा उल्लेख छ । बिद्यालय ले शिक्षक द्वय दुबै जनालाई सम्मान स्वरूप १-१ महिनाको पारिश्रमिक समेत प्रदान गरेको छ ।

अत्यन्तै शालीन मृदुभाषि शिक्षक रोकाया बिद्यालय मा खेल शिक्षक तथा पुस्तकालय को व्यवस्थापकिय जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको थियो ।
कार्यक्रम को प्रमुख अतिथिका रूपमा रहेका पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले दुबै शिक्षक द्वय लाई सेवा निवृत्त विदाईको शुभकामना दिंदै शैक्षिक जिम्मेवारी बाट विदा लिए पनि सामाजिक जिम्मेवारी रहिरहने कुरामा जोड दिए । वडा अध्यक्ष लामाले दुबै शिक्षक ज्युलाई उज्ज्वल भबिस्यको शुभकामना समेत व्यक्त गरेका थिए ।

नेपाल सरकार बाट नमुना बिद्यालय को जिम्मेवारी प्राप्त गरेको पुनर्वास जनता माविको शैक्षिक गुणस्तर हुनुपर्नेमा जोठ दिंदै बिद्यालय मा अध्ययन गर्ने बिध्यार्थि भाईबैनि हरूले अत्यन्तै अनुशासासित भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

सो अवसरमा बिद्यालय का प्रधाअध्यापक मानबहादुर तामाङले सेवा निवृत्त शिक्षकद्वय लाई सुखमय जीवन तथा उज्ज्वल भबिस्यको शुभकामना दिएका थिए ।
कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्म का छात्र छात्रा हरूले नेपाली पोषाक सहित सांस्कृतिक नृत्य हरू समेत प्रस्तुत गरेका थिए ।

सहायक प्र अ नगेन्द्र जेठारा ले सञ्चालन गरेको कार्यक्रम मा स्वागत बहिरा बिशेष श्रोत शिक्षक बिष्णु प्रसाद अर्याल ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply