धनगढी उपमहानगर : सफा–स्वच्छ र सुन्दर नमुना शहरतर्फ

असोज ११
हेमा भट्ट, धनगढी – सुदूरपश्चिमको प्रवेशद्वार धनगढी उपमहानगरपालिका पछिल्ला वर्षहरूमा दिन प्रतिदिन सफा–स्वच्छ, सुन्दर र उज्यालो शहरका रूपमा पहिचान बनाउन सफल हुँदै गएको छ । वातावरण संरक्षण, सरसफाइ अभियान, सडक विस्तार र आधुनिक पूर्वाधार विकाससँगै शहरले नयाँ रूप लिएको छ ।

स्थानीय सरकारले ‘स्वच्छ शहर, सुन्दर शहर’ अभियानलाई प्राथमिकतामा राखेपछि मुख्य सडकदेखि गल्लीटोलसम्म सरसफाइ र उज्यालोपनमा उल्लेखनीय सुधार आएको छ । रात्रीकालीन उज्यालो व्यवस्थाले शहरलाई थप आकर्षक बनाएको छ भने हरियाली पार्क, , ट्राफिक व्यवस्थापन र आधुनिक बजार संरचनाले धनगढीलाई क्रमशः नमुना शहरतर्फ उभ्याइरहेको छ ।

पर्यटनका दृष्टिले पनि धनगढीले पछिल्लो समय महत्व पाउन थालेको छ । आसपासका धार्मिक तथा प्राकृतिक स्थलसँगै शहरको सफा–सुन्दर रुपले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न थालेका छन् ।

सामाजिक अभियान, जनसहभागिता र स्थानीय निकायको निरन्तर प्रयासले धनगढी उपमहानगरपालिकालाई सुदूरपश्चिमको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै लगिएको देखिन्छ।

उपमहानगरपालिकाका स्रोत साधनले बिहानै सडक सफाइ गरिरहेको दृश्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply