हुलाकी सडक रोकिएपछि बेलौरी नगरको गुहार

दिनेश चौधरी
कञ्चनपुर, १४ असोज
कञ्चनपुरको बेलौरी नगरपालिका स्थानीय सरकारले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माणका लागि पहल गरिदिन केन्द्र सरकारलाई अनुरोध गरेको छ । ७ बर्षदेखि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक कालोपत्रे गर्न नदिएपछि स्थानीय सरकारले केन्द्र सरकार गुहारेकोे हो ।
यस अघि पनि ०७५देखि यता पटक पटक एसएसबीले अवरोध गर्दा बेलौरी नगरका मेयर पोतिलाल चौधरी सहितका सिङ्गो पालिकाले स्थानीय स्तरमा अवरोध गरिएको सडक निर्माणका लागि पहल गरेका थिए । तर, भारतीय पक्षले अन्र्तराष्ट्रिय मामिला भन्दै दुवै देशका केन्द्र सरकारको विषय भन्दै टार्दै आएको छ । ९ बर्ष अघि ठेक्का भएको उक्त सडक एसएसबीको अवरोधका कारण सुधारको साटोे झन बिग्रीएको छ ।

जेनजी पुस्ता ३८ नम्बर सीमा पिलरदेखि पुर्वतिर १२सय मिटरमा भारतीय पक्षले स्ट्रीप नक्सा देखाएर अवरोध गर्दै आएपछि पालिकाको ध्यानाकर्षण गराएको थियो ।

लगत्तै बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडकको काम अघि बढाउनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्राचार गरेका छन । एसएसबीले अवरोध गरेको सडकको दक्षिण तर्फ ५०देखि ३सय मिटरसम्म नेपाली दर्तावाला जमिन हुँदाहुँदै पनि भारतीय पक्षले यसरी सडक निर्माणमा अवरोध गरेकाले पहल गरिदिन आग्रह गरेका हुन । जबकी उक्त निर्माणाधिन हुलाकी सडकको दक्षिण तर्फ नेपाली पुर्जावाला जमिन हुँदा हुँदै अवरोध गर्ने कार्य छिमेकीको हेपाई प्रवृति भएको भन्दै पहिल्यैदेखि विवाद हुँदै आएकोे थियो । भारतीय सीमा सुरक्षा बल(एसएसबी) सहित प्रशासकहरुले फिल्मशैलीमा आएर बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीलाई काम गर्न अवरोध गरेपछि सडकमा खाल्टाखुल्टीले आवत जावतमा समस्या जोखिम खेप्नु परेको छ । स्थानीयले भारतीय पक्षले अवरोध गरेपछि सडक सुधार नहुँदा सडक झन बिग्रीएर एकातिर जोखिम अर्कातिर उक्त क्षेत्रमा जंगली जनावर बाघकोे आक्र्रमणले ज्यान जोखिममा पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्दै आएका छन । सुदूरपश्चिमबाट सांसद, मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री हुँदा पनि नेपाली भूमिमै निर्माण हुने सडक भारतीय पक्षबाट अवरोध हुँदा समेत पहल नभएकोे भन्दै स्थानीयले गुनासो पोख्दै आएका छन ।

यसैविच बेलौरी नगरपालिकाले भारतीय पक्षबाट अवरोध गरिएको मात्रै सडक नभई अन्यतर्फ पनि निर्माण कम्पनीले सडक बनाउन आनाकानी गरेको भन्दै सो तर्फ समेत ठेकेदार कम्पनीलाई ताकेता गरिदिन आग्रह गरेको छ ।

संविधानको धारा ३०मा स्वच्छ वातावरणको हकबाटै नागरिकलाई बञ्चित हुने गरेर निर्माण कम्पनीले रिछाह, रतनपुर, कलकता सहितका क्षेत्रमासडक निर्माण नगर्दा धुलाम्मेले स्थानीय जोखिममा पर्दै आएको जनाएको छ । यस्तै नगरपालिकाले बजार क्षेत्रमा ढल प्रयोजनको जिम्मा पाएको मृत संजिवनी ग्वाला थेगिम निर्माण सेवाले समेत ढिलाई गरेको भन्दै कार्बाही अघि बढाईदिन आग्रह गरिएको छ । बेलौरी नगरपालिकाले नगरपालिकाभरी पालिका, प्रदेश र संघीय सरकार मार्फत सचालनमा रहेका योजना समयमै गुणस्तरिय कार्यान्वयनमा जोडदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply