असोज १८
धनगढीदेखि पोखरा गईरहेको बस दुर्घटना भएको छ ।
धनगढीदेखि पोखराका लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढीको ब्यारेक चोकमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार घाइतेमध्ये ४ जनाको माया मेट्रो अस्पता, २ जना निसर्ग अस्पताल र १ जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
१९ जना सवार रहेको उक्त बसमा सात जना घाइतेको मात्र जानकारी आएको अन्यको विवरण खुल्न नसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
विवरण संकलन हुँदै छ के कति घाईते भए र कति जनाको मृत्यु भयो भन्ने कुराको प्रहरीले जानकारी लिइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1