चैत २
सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार १४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३४५ वटा धितोपत्रको तीन करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, चार कम्पनी स्थिर छन्।
यसदिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेका छन्।
सर्वाधिक मूल्य घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ।
उक्त इकाइको मूल्य ४.३९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ३ पैसामा झरेको छ।
यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४६६ रूपैयाँमा सीमित भएको छ।
सोमबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३९६ रूपैयाँमा ६८ करोड ७७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको २९७ रूपैयाँमा ६६ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।
