सी.पी. अस्पतालमा मानसिक स्वास्थ्य उपचार सेवा सुरु

हेमा भट्ट, असोज २३, धनगढी
धनगढीस्थित सी.पी. अस्पताल प्रा.लि. ले अब मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
अस्पतालले चिन्ता, तनाव, डिप्रेसन, निद्रासम्बन्धी समस्या, मूड डिसअर्डर, आत्मविश्वास अभाव, भावनात्मक तथा व्यवहारिक समस्या लगायतका मानसिक रोगहरूको औषधि र थेरापी दुवै माध्यमबाट उपचार सुरु गरेको जनाएको छ।

धनगढी–३, कैलालीमा रहेको अस्पतालले उक्त सेवा मनोचिकित्सक डा. शैलेन्द्र प्रसाद जोशी (एमबीबीएस, एमडी मनोचिकित्सा, त्रिभुवन विश्वविद्यालय) को नेतृत्वमा सञ्चालन गरेको हो।
डा. जोशीका अनुसार, अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपचारहरूलाई गोप्य, सुरक्षित र विश्वासिलो वातावरणमा उपलब्ध गराउनेछ।

डा. जोशीले भने, “चिन्ता, तनाव, निद्राको समस्या वा निराशाजनक भावनालाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। समयमै उपचार लिँदा मानसिक सन्तुलन र आत्मविश्वास कायम रहन्छ।”

अस्पतालले लागू औषध र खराब बानीबाट मुक्ति कार्यक्रम, मिर्गी, मुर्छा, स्वास फेर्न गाहो हुने समस्या, साथै मनमा शंका वा डर लाग्ने समस्या आदिको पनि विशेषज्ञस्तरको उपचार सेवा सुरु गरेको जनाएको छ।

सी.पी. अस्पतालले सो सेवा लिन इच्छुक व्यक्तिहरूलाई ०९१–४१०१०१ / ४१०१०२ मा सम्पर्क गरी परामर्श र दर्ता गर्न आग्रह गरेको छ।

धनगढी उपमहानगरपालिका नमुना शहरका रूपमा विकास हुँदै गर्दा, सी.पी. अस्पतालले गुणस्तरीय उपचार, दक्ष चिकित्सक र आधुनिक स्वास्थ्य सुविधा सहित सेवा विस्तार गर्दै आएको छ, जसले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply