कञ्चनपुर, असोज २४
कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई विदेशबाट समेत उपचार खर्चका लागि आर्थिक सहयोग प्राप्त भएको छ। विवशका पूर्व सहकर्मी भीम जाग्रीले मानवीय सद्भावका रूपमा सहयोग गरेका हुन्।
महाकाली अस्पतालमा उपचाररत पत्रकार विवशलाई कोरियामा रहेका जाग्रीले नगद पाँच हजार रुपैयाँ उपचार सहयोगस्वरूप पठाएका छन्। विवश र जाग्रीले विगतमा अभियान दैनिक मा सँगै काम गरेका थिए।
पत्रकार विवश हाल विकल्प दैनिक का सम्पादक तथा एमाले निकट प्रेस चौतारी नेपाल का पूर्व केन्द्रीय सदस्य हुन्। दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय विवशका लागि प्रेस सेन्टरका नेता समेत रहेका जाग्रीले सहयोग गरेको जनाइएको छ।
विदेशमा रहँदै पनि सहकर्मीको उपचारमा सहानुभूति देखाएका जाग्रीप्रति पत्रकार विवशसहित कञ्चनपुरका सञ्चारकर्मीहरूले आभार प्रकट गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1