पुनर्वासको ऐतिहासिक प्याराताल परिसरमा सेमिनार हल अन्तिम चरणमा

धनबहादुर बिक –
पुनर्वास २४ असोज
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको ऐतिहासिक प्यारातालमा सेमिनार हल निर्माण कार्य सम्पन्न अन्तिम चरणमा पुगेको छ ।

३० फुट चौडाइ ६० फिट लम्बाइ को उक्त सेमिनार हलको पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा सम्पन्न हुन लागेको छ ।

सेमिनार हलको रंगरोगन र हलको मञ्चमा टायल्स बिछाउने कार्य मात्र बाँकी रहेको निर्माण कम्पनी का ठेकेदार दिलिप चन्दले जानकारी दिए ।

संघिय सरकार को विनियोजित ९० लाख तथा पुनर्वास नगरपालिका को २० लाख गरि १ करोड १० लाख बजेट मध्येबाट ७३ लाख ४९ हजार ६५६ रूपैया लागतमा सेमिनार हल तथा ८५ मिटर तटबन्ध तथा माटो भरान ठेकाको लागि बेलौरी नगरपालिका ३ मा रहेको गणेश निर्माण सेवाले पाएको थियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ सांसद तारालामा तामाङ को विशेष पहलमा उक्त बजेट विनियोजित गरिएको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरबहादुर बिकले बताए ।

आन्तरिक एबं बाह्य पर्यटन भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको प्याराताल परिसरमा सभाहल निर्माण भईसकेपछि , विभिन्न संघसंस्था तथा राजनिती पार्टी का कार्यक्रमहरू , बैठक , गोष्ठी , शुभ बिबाह लगायत कार्यक्रम का लागि सहज हुने वडा अध्यक्ष बिकले बताएका छन ।

सुविधासम्पन्न सेमिनार हल , अनि ताल परिसरमा तटबन्ध बनिसकेपछि प्यारातालको स्वरूप परिवर्तन देखिन थालेको छ भने ।

सेमिनार हल असारमसान्त भित्र सम्पन्न गरिने वडाले जनाएको छ भने तोकिएको मापदण्डअनुसार तथा समयसिमा भित्र सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको गणेश निर्माण सेवा का सञ्चालक दिलिप चन्दले बताएका छन ।

करिव ४ किमि लम्बाइमा रहेको प्यारा तालमा विश्वमा दुर्लभ जलचरमा सुचिकृत भएको ओद , दक्षिणी एशियामा दुर्लभ पहेँलो धुरे प्रजातिको कछुवा लगायतका जलचर प्राणीहरुको वासस्थान रहेको एबं
तालमा झन्डै ३५ प्रजातिका माछा र गोहिको वासस्थान रहेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले प्याराताल लाई पर्यटकिय क्षेत्र मा विकास गर्न करिब दुई बर्ष देखि कम्मर कसेर लागिपरेका कारण पछिल्लो समय विभिन्न संघसंस्था , उधोगि व्यापारी , वैदेशिक रोजगार मा कार्यरत व्यक्ति , स्थानीय समाजसेवी लगायतले स्वस्फूर्तरूपमा प्याराताल पर्यटन क्षेत्र को आकर्षक बढाउन प्यारातालको जैविक पहिचान स्वरूप सो क्षेत्रमा माछा , गोंहि , बन बिरालो , कछुवा , मृग , मयुर लगायतका प्रतिमाहरू स्थापना गरिकेका छन जसको अवलोकन गर्न कैलाली कञ्चनपुर बाट अवलोकनकर्ता हरू आउने गरेको प्याराताल पर्यटन प्रवर्धन तथा संरक्षण समितिका संयोजक दिपेन्द्र बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply