कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी, असोज २६ कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझा प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतले पछि पार्दै विजयी भएका छन्।

यसपटकको निर्वाचन परिणामले स्पष्ट बहुमत एकै प्यानलको पक्षमा नजाँदा संघमा मिलाजुलो नेतृत्व बनेको छ। अध्यक्षसहित तीन उपाध्यक्ष र महासचिव ओझा प्यानलबाट विजयी भएका छन् भने, वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष स्वाँर प्यानलबाट चयन भएका छन्।

पदाधिकारीमा यस्तो छ समिकरण

अध्यक्ष – पुष्करराज ओझा (ओझा प्यानल)
वरिष्ठ उपाध्यक्ष – केशवराज जोशी (स्वाँर प्यानल)
उद्योग उपाध्यक्ष – लक्ष्मणराज पन्त (स्वाँर प्यानल)
एसोसियट उपाध्यक्ष – मनोज अग्रवाल (ओझा प्यानल)
वाणिज्य उपाध्यक्ष – गगनराज केसी (ओझा प्यानल)
रवस्तुगत उपाध्यक्ष – भीमराज ओझा “अब्बु” (ओझा प्यानल)
महासचिव – दिनेश लम्साल (ओझा प्यानल)
सचिव – प्रकाशकुमार चन्द (स्वाँर प्यानल)
कोषाध्यक्ष – तिलकबहादुर बोहरा (स्वाँर प्यानल)

सदस्यमा विविध प्रतिनिधित्व

सदस्य पदमा १३ जना निर्वाचित भएका छन्। विजयी सदस्यहरूमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुवराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मञ्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक रहेका छन्।

नयाँ कार्यसमितिले उद्योगी, व्यापारी र उद्यमशील युवामाझ संघको एकता र सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply