जेन–जि पुस्ताका माग जायज छन् : माओवादी नेता प्रेम बिसी

हेमा भट्ट, असाेज २८
कञ्चनपुर — राष्ट्रिय दलित अभियानका केन्द्रीय अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रेम बिसीले हालका युवा पुस्ता, विशेषगरी जेन–जि पुस्ताले उठाएका मागहरूलाई देशको राजनीतिक रूपान्तरणको नयाँ ऊर्जा र जागरणको प्रतीकका रूपमा लिँदै तिनका मागहरू पूर्ण रूपमा जायज रहेको बताएका छन्। उनले जेन–जि पुस्ताले प्रस्तुत गरिरहेका आवाज र आन्दोलनलाई असन्तोषको रूपमा होइन, परिवर्तनका लागि प्रेरणास्रोतका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।

जेन–जि पुस्ताका माग जायज छन्,बिसीले भने, “उनीहरूले पारदर्शिता, जवाफदेहिता, समान अवसर र व्यवहारिक सुधारको खोजी गरिरहेका छन्। यो पुस्ता अब केवल नारा होइन, परिणाम चाहन्छ।

उनका अनुसार हालको नेपाल राजनीतिक रूपमा लोकतान्त्रिक संरचनामा प्रवेश गरे पनि व्यवहारमा पुराना प्रवृत्तिहरूले शासन प्रणालीलाई जकडेको छ। यही कारण युवापुस्तामा निराशा र असन्तोष बढेको हो। “नेपाली राजनीतिले युवाको सपना पूरा गर्न सकेन,” उनले भने, “अब समय आएको छ — पुराना सोच र शैली परित्याग गरेर नयाँ पुस्तासँगै अघि बढ्ने।

बिसीले माओवादी आन्दोलनले देशमा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख गर्दै भने, माओवादी आन्दोलन बिना गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी शासन सम्भव हुने थिएन। तर अबको चुनौती ती उपलब्धिहरूको संस्थागत कार्यान्वयन र जनस्तरमा अनुभूति गराउने हो।

उनका अनुसार प्रचण्डको नेतृत्वले मुलुकलाई राजनीतिक स्थायित्व र सामाजिक न्यायको दिशातर्फ अघि बढाइरहेको छ। उनले भने, देशलाई निकास दिन सक्ने शक्ति माओवादी नै हो। अहिलेको संक्रमण अन्त्य गरी समावेशी समाज निर्माणका लागि प्रचण्डकै नेतृत्व आवश्यक छ।

युवापुस्ताको असन्तोष सम्बोधनका लागि माओवादी केन्द्रले ‘नयाँ पुस्तासँग नयाँ समाज’ अभियान सुरु गरेको बिसीले जानकारी दिए। उनका अनुसार पार्टीले युवाको सहभागिता बढाउने, डिजिटल संवाद विस्तार गर्ने, र नीति निर्माणमा उनीहरूको भूमिका सुनिश्चित गर्ने योजना अघि सारिएको छ।

हामी युवा पुस्ताको सोच, सिर्जनशीलता र तर्कलाई संस्थागत गर्न चाहन्छौं,उनले भने, राजनीतिमा उनीहरूको ठाउँ अग्रपंक्तिमा हुनुपर्छ। माओवादी केन्द्र त्यो अवसर दिन तयार छ।

दलित, महिला र युवाको मुद्दा अझै पनि पछाडि परिरहेको विषयमा बिसीले राज्य संरचनाको कार्यान्वयन पक्ष कमजोर भएको बताए। कानुनले बराबरी अधिकार दिएको छ, तर व्यवहारले त्यो सुनिश्चित गरेको छैन, उनले भने, “राजनीतिक इच्छाशक्ति बलियो नभएसम्म समान अवसर र प्रतिनिधित्व सम्भव हुँदैन।

राष्ट्रिय दलित अभियानका अध्यक्षको रूपमा उनले अहिले शिक्षा, रोजगारी र आर्थिक सशक्तिकरणका क्षेत्रमा नीति संवाद र सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। दलित समुदायमाथि हुने हिंसा र विभेदका घटनाहरूमा शून्य सहिष्णुता नीति लागू गर्नुपर्छ, बिसीले जोड दिए, यो केवल कानुनी होइन, नैतिक र सामाजिक दायित्व पनि हो।

जेन–जि पुस्ताले उठाएका आन्दोलन र मागलाई लिएर बिसीले राजनीतिक दलहरूलाई सचेत रहन आग्रह गरे। उनका अनुसार युवा पुस्ताको आवाजलाई दबाउने होइन, दिशानिर्देशका रूपमा ग्रहण गर्न आवश्यक छ। यो पुस्ता आक्रोशित छैन, सचेत छ,” उनले भने, “उनीहरूले खोजेको परिवर्तन मूल्य, नैतिकता र नतिजासँग सम्बन्धित छ। त्यसैले दलहरूले आलोचना होइन, सहकार्यको बाटो लिनुपर्छ।

देशमा देखिएको राजनीतिक अनिश्चितता र अविश्वासको माहोल अन्त्य गर्न अब नेतृत्वमा एकता र दृष्टिकोण आवश्यक रहेको बिसीको भनाइ छ। उनले कार्यकारी राष्ट्रपतिको व्यवस्था आजको आवश्यकता भएको दाबी गर्दै भने, “जनतासँग प्रत्यक्ष जवाफदेही हुने शासन प्रणालीले मात्र देशलाई स्थायित्व दिन सक्छ। माओवादी केन्द्रले यही धारणा अघि सारेको छ।”

अन्त्यमा उनले नयाँ पुस्तालाई देश निर्माणमा सक्रिय सहभागिताको आह्वान गर्दै भने, परिवर्तन केवल सडकमा होइन, विचार र व्यवहारमा पनि आवश्यक छ। पहिचानसहितको विशेष अधिकार र समान अवसर सुनिश्चित गर्न माओवादी केन्द्र नै सक्षम शक्ति हो। युवापुस्ताले यही बाटो रोजे मात्र देशले नयाँ दिशा पाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply