भन्सार छली सामानसहित एक व्यक्ति पक्राउ

हेमा भट्ट, असोज २८
तौलिहवा, कपिलवस्तु — कपिलवस्तु प्रहरीले भन्सार छली गरी चोरी–पैठारी गर्न खोजिएका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मिति २०८२ असोज २६ गते दिउँसो करिब २:३५ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२ यात्रुगेट नजिकै भारततर्फ अबैध रूपमा निकासी गर्न खोजिएका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार सो क्रममा रु. १ लाख ८५ हजार २ सय ५० बराबरका ७४१ केजी किवी फल वेवारिसे अवस्थामा फेला परेका थिए। बरामद गरिएका फलहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

त्यस्तै अर्को घटनामा, असोज २८ गते बिहान ७:१० बजे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी टोलीले मायादेवी गाउँपालिका–४ गौरास्थित भित्री सडक खण्डमा जाँच गर्ने क्रममा ना.२ ख ९५५२ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा बिलबिजक नभएको ५,७३० केजी पुरानो प्लाष्टिकको टुक्रा (कवाड) फेला पारेको जनाएको छ।

उक्त ट्रक र सामानको कुल अनुमानित मूल्य रु. १५ लाख १५ हजार १ सय ५० रहेको बताइएको छ। ट्रक चालक रुपन्देही मायादेवी गाउँपालिका–६ का ४१ वर्षीय सुग्रिम केवटलाई पक्राउ गरी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रिपेन्द्र कुमार सिंहका अनुसार, भन्सार छली तथा अवैध सामान कारोबारविरुद्ध प्रहरीको निगरानी र कडाइका साथ कारबाहीलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply