मेयर बोगटीद्वारा बिरामी पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग

धनसिंह धामी, असोज २८
कञ्चनपुर — भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले बिरामी पत्रकार रनी विवशलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन्।

महाकाली अस्पतालमा एक सातादेखि उपचाररत पत्रकार विवशलाई मेयर बोगटीले मंगलबार पाँच हजार रुपैयाँ सहयोग गरेका हुन्। मेयर बोगटीका सचिवालयका प्रमुख चक्र महतका अनुसार मेयरले आफ्नो भत्ताबापत प्राप्त रकमबाट उक्त सहयोग गरेका हुन्।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटीले निःस्वार्थ भावनाका साथ समाजका लागि अहोरात्र खटिने पत्रकार विवशको स्वास्थ्य उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले विवशलाई अस्पतालमै पुगेर स्वास्थ्य लाभको शुभकामना समेत दिएका छन्।

यस्तै, भीमदत्त नगरकी उपमेयर निलम लेखकले पनि व्यक्तिगत तर्फबाट पाँच हजार रुपैयाँ सहयोग गरेकी छन्। दुवै जनाले पत्रकार विवशप्रति एकै साथ सहयोग गरेको सचिवालयले जनाएको छ।

गत भदौमा जेन–जेड आन्दोलनका क्रममा मेयर बोगटी र उपमेयर लेखकको घरमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले उनीहरूलाई क्षति पुर्‍याएको थियो। तर, ती घटनाका बाबजुद पनि दुवै जनाले बिरामी पत्रकारप्रति सहानुभूति र सहयोग प्रकट गरेका छन्।

विकल्प दैनिकका सम्पादक तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य पत्रकार रनी विवशले आफूमाथि गरिएको सहयोगप्रति मेयर बोगटी र उपमेयर लेखकप्रति आभार व्यक्त गर्दै भने, “म बिरामी भएर थला परेको बेला उहाँहरूले देखाएको मानवीयता र साथ कहिल्यै बिर्सन सक्दिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply