कञ्चन नेवाः समाज पुनर्वास द्वारा नेपाल सम्बत ११४६ को अवससरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

धनबहादुर बिक –
पुनर्वास ३ कार्तिक
कञ्चन नेवाः समाज पुनर्वास ले नेपाल सम्बत ११४६ को अवससरमा शुभकामना आदान-प्रदान कार्यक्रम तथा नवनिर्मित सभाहलको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार पुनर्वास नगरपालिका ६ मा रहेको समाजको आफ्नै भवन मा उक्त कार्यक्रम को आयोजना गरिएको हो ।

कार्यक्रममा नेवार समुदाय द्वारा मनाईने नेपाल सम्वत नयाँ बर्ष को महत्त्व को बिषयमा प्रकाश पार्दै कञ्चन सेवा समाजका पुर्व अध्यक्ष खेमराज श्रेष्ठले अतिथि हरूलाई स्वागत गरेका थिए ।

नेपाल सम्वत नेवार समुदायद्वारा मनाइने एक अत्यन्त पुरानो र गौरवमय स्थानीय पात्रो (क्यालेन्डर) हो। यसको आरम्भ र महत्त्व दुवै ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण रहने गरेको पुर्व अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रम का प्रमुख अतिथि एबं पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले विभिन्न भाषाभाषी , भेषभुषा ले धनी पुनर्वास नगरपालिका मा कञ्चन नेवा समाज ले आफ्नो मौलिक संस्कृति झल्काउदै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय काम सञ्चालन गर्दै आएकोमा धन्यवाद एबं शुभकामना व्यक्त गरेका थिए ।

उनले कञ्चन नेवा समाजले आयोजना गर्ने हरेक क्रियाकलापमा नगरपालिका बाट गरिनुपर्ने हरेक गतिविधिमा सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सम्वतको सुरु मिति: सन् ८७९ ईस्वी (वि.सं. ९३६ तिर)बाट आरम्भ भएको इतिहासमा उल्लेख रहेको छ भने महान् व्यापारी तथा समाजसेवी शंखधर साख्वा
ले त्यस समयमा दरिद्र जनतालाई ऋणमुक्त बनाएर नयाँ युगको सुरुवात गरि त्यसै बेलादेखि “नेपाल सम्वत” नामक नयाँ पात्रोको आरम्भ भएको इतिहास रहेको नेवार समुदायका बुद्धिजीवी हरू बताउँछन् ।

नेपाल सम्वतको नयाँ वर्ष (नयाँ सम्वत) कार्तिक शुक्ल प्रतिपदा (तिहारपछि को दिन, गोवर्धन पूजा वा म्हः पूजा को दिन) मा मनाइने तथा यो दिनलाई नेवार समुदायमा “म्हः पूजा” (आफ्नै आत्माको पूजा) गरेर मनाइने कञ्चन सेवा समाजका अध्यक्ष तिलकुमार श्रेष्ठले सभापतित्व को आसनबाट बताए

काठमाडौं उपत्यकामा यस दिन दीपावली, लिंग्यः नखः, र सांस्कृतिक झाँकीहरू निकाली मनाइन्छ।
नेपाल सम्वत नेपालकै मौलिक पात्रो हो, जसले नेपालको सांस्कृतिक स्वतन्त्रता र पहिचान जनाउँछ।
समाजसेवा र समानताको प्रतीक यस सम्वतको सुरुवात नै “सबैलाई ऋणमुक्त गरी स्वतन्त्र बनाउने” भावना बाट प्रेरित भएको र आत्म-सम्मान र आत्म-शुद्धिको सन्देश:
म्हः पूजामा आफैंको आत्माको पूजा गरिन्छ, जसले आत्म-परिचय र आत्म-सुधारको सन्देश दिँदै
नेपाल सम्वतले नेवार सभ्यता, व्यापार, संस्कृति र कृतज्ञताको इतिहास बोकेको कार्यक्रम सञ्चालन का क्रममा कञ्चन सेवा समाजका सचिव भिम कुमार श्रेष्ठले प्रश्ट पारे ।

नेपाल सरकारले वि.सं. २०६६ सालदेखि नेपाल सम्वतलाई राष्ट्रिय पात्रोको रूपमा मान्यता दिएको छ भने शंखधर साख्वालाई राष्ट्रिय नायक को उपाधि पनि प्रदान गरेको नेवार समुदायका जानकार हरू बताउँछन् ।

कञ्चन सेवा समाज पुनर्वास का अध्यक्ष तिलकुमार श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि मा नेवा देय दवु सुदूरपश्चिम प्रदेशपुर्व उपाध्यक्ष एक कुमार श्रेष्ठ रहेका थिए । अतिथि हरूमा वडा सदस्य ठाकुर प्रसाद अम्गाई , वडा सदस्य भावना स्वर्णकार , सुमित्रा भुजेल , बिष्णुमाया कोईराला लगायत रहेका थिए ।
कार्यक्रम को सञ्चालन समाजका सचिव भिम कुमार श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply