कञ्चनपुरको पूर्वाधार विकास कार्यालयमा राज्य स्रोतको चरम दुरुपयोग

हेमा भट्ट, कार्तिक ४
कञ्चनपुरस्थित पूर्वाधार विकास कार्यालयले राज्यको स्रोत र सम्पत्तिको चरम दुरुपयोग गरेको आरोप स्थानीयवासीहरूले लगाएका छन्।

प्रदेश सरकारको संरचना विस्तारसँगै पूर्वाधार विकासका कामलाई गति दिन स्थापना गरिएको यो कार्यालय सुरुमा जिल्ला समन्वय समितिअन्तर्गतको प्राविधिक कार्यालयबाट रूपान्तरण गरिएको हो। पुरानो जीर्ण भवन अनुपयुक्त भएपछि नयाँ कार्यालय भवन र कर्मचारी आवास निर्माण सुरु गरिएको थियो।

करोडौं रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको नयाँ कार्यालय र आवास भवन केही महिना अघि नै तयार भए पनि, कार्यालयका कर्मचारीहरू अझै पनि भीमदत्त नगरपालिका–स्थित निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छन्।

यसरी सरकारी भवनलाई ताला लगाएर छोडी, निजी घरमा मासिक रूपमा भाडा तिर्नु राज्य स्रोतको दुरुपयोग भएको स्थानीयवासीहरूको गुनासो छ।

कार्यालयका प्रमुख तथा इन्जिनियर योगेन्द्र अधिकारीले भने,आवास भवनको फिनिसिङ कार्य केही बाँकी रहेकाले सर्न ढिलो भएको हो। सकभर तिहारलगत्तै एक हप्ताभित्र, बढीमा कार्तिक मसान्तभित्र सरकारी आवासमा सर्ने तयारी भइरहेको छ। हेन्डओभर भइसकेको छ, अब पूजापाठपछि आवास प्रयोगमा ल्याइनेछ,
अधिकारीले रैकवार खबर दैनिकलाई जानकारी गराए।

तर, उक्त भनाइ आएको पाँच महिना बितिसक्दा पनि सरकारी भवन प्रयोगमा नआएको र सम्बन्धित निकायहरू मौन रहेको जनगुनासो बढ्दै गएको छ।

स्थानीयहरूका अनुसार, यसअघि पनि यो विषयमा थुप्रैपटक समाचार प्रकाशन भए तापनि कुनै कारबाही नभएको भन्दै, अब प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको तुरुन्त ध्यानाकर्षण हुनुपर्ने माग बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply